नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भोलि ‘वान टु वान’ भेटवार्ता हुने तय भएकाे छ । तर समय र स्थान भने तय भइसकेकाे छैन । भोलि भेटवार्ता भएमा दुई नेताबीच २७ दिनपछि संवादहीनता तोडिनेछ ।
भोलि मंगलबार दुई शीर्ष नेताबीच भेटहुने तय भएको एमाले स्थायी कमिटि सदस्य सुबासचन्द्र नेम्बाङले केन्द्रबिन्दुलाई जानकारी दिए। ‘भोलि उहाँहरू वान टु वान सम्वाद गर्दै हुनुहुन्छ स्थान र समय तय भएको छैन भोलिनै त्यो टुंगो गछौं।’ नेम्बाङले भने।
आज बसेको माधव पक्षको स्थायी कमिटी बैठकले दुई नेताबीच सम्वादको वातावरण बनाउने निष्कर्ष निकालेको थियो। ओली निकट स्रोतका अनुसार पार्टी अध्यक्ष ओली यसअघिनै वार्ता गर्न तयार भएको तर, माधव नेपालका कारण वार्ताको माहोल नबनेको बताइएको छ।
भोलिको शीर्ष नेताको ‘वान टु वान’ वार्ताले आन्तरिक विवाद समाधान उन्मुख हुने पनि स्रोतले जनाएकाे छ । पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयासरत छन् ।
विगत दुई सातादेखि ओली र नेपालको भेट गराएर वान टु वान छलफल गराउने दोस्रो तहका नेताहरूले प्रयास गरेपनि सफल हुन सकिरहेकाे थिएन ।
पार्टी विवाद समाधान गरेर एकतावद्ध हुन एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरूको तीब्र दवाव छ भने केही एमालेकै नेताहरूकाे भने वान टु वान वार्ता भए पनि कुनै प्रगति नहुने आँकलन छ ।





























प्रतिक्रिया