दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषय अझै अन्योलमा

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषय अझै अन्योलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अझै अन्योलमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेसँगै दशैंका लागि अग्रिम टिकट खुल्ला गर्ने विषय अझै अन्योलमै रहेको हो ।

यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको जनाएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताएका छन् । यस वर्षको दशैंमा ४÷५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उनको भनाइ छ । अहिले पनि काठमाडौंबाट मध्यम र लामो दूरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु नभएको उनले जानकारी दिए । तर पनि २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुंगोमा पुग्ने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौँ त्यहिं दशैं मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन आफूहरुको रहेको भुसालले बताए । तर अग्रिम टिकट बुकिङको व्यवस्था नभएपनि दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उनको भनाइ छ ।

गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले ४/५ लाखको हाराहारीमा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने देखिएको भुसालको भनाइ छ । साथै, स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि पुगेमा लकडाउन गर्न सिफारिस गरेका कारणले पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने भन्ने सम्बन्धमा अन्योलता देखिएको भुसालको भनाइ छ ।

Skip This
Skip This
Logo