नेपालमा ३७ अर्ब रूपैयाँको मोबाइल फोन आयात, कुन देशबाट कति ?

नेपालमा ३७ अर्ब रूपैयाँको मोबाइल फोन आयात, कुन देशबाट कति ?

केन्द्रबिन्दु
0
Shares

अघिल्लो आर्थिक वर्षमा नेपालमा कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रूपैयाँ बराबरका मोबाइल फोन भित्रिएका छन्। 

२०७६\७७ को तुलनामा यो १०३ प्रतिशतले बढी हो। २०७६\७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रूपैयाँ बराबरका मोबाइल भित्रिएका थिए।

त्यस्तै २०७७\७८ मा नेपालमा विभिन्न ५३ देशबाट मोबाइल फोन आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी आयात हुनेमा क्रमशः चीन, भारत, भियतनाम, संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, कोरिया, हङकङ, अस्ट्रेलिया, कतार र बेलायत रहेका छन्।

 चीनबाट २२ अर्ब ८३ करोड ३० लाख ८२ हजार रूपैयाँ बराबरका र भारतबाट १२ अर्ब ४९ करोड ८८ लाख ६२ हजार रूपैयाँ बराबरका मोबाइल नेपाल भित्रिएका छन्। त्यसैगरी नेपालले गत वर्ष भियतनामबाट १ अर्ब २५ करोड ९१ लाख ६४ हजार रूपैयाँ बराबरका मोबाइल आयात गरेको छ।

युएईबाट ७ करोड ८९ लाख ६८ हजार रूपैयाँ बराबरको मोबाइल नेपालमा आयात भएको हो। त्यस्तै अमेरिकाबाट ६ करोड ४५ लाख ३४ हजार र कोरियाबाट ५ करोड ९८ लाख ८७ हजार रूपैयाँ बराबरका मोबाइल आयात भएका छन्। 

यसका साथै हङकङबाट २ करोड ३८ लाख ५३ हजार, अस्ट्रेलियाबाट २ करोड ११ लाख ६७ हजार, कतारबाट १ करोड ८८ लाख ७ हजार र बेलायतबाट ६७ लाख ५२ हजार रूपैयाँ बराबरका मोबाइल आयात भएका छन्। 
 

Skip This
Skip This
Logo