अष्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

अष्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

केन्द्रबिन्दु
0
Shares

घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो । यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए । यस्तै, अफिफ होसेनले २३ रन जोडे भने कप्तान महमुद उल्लाहले २० रन बनाए ।

अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट लिए । यस जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
 

Skip This
Skip This
Logo