नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने जनाएको छ। क्यानले बुधबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई टिममा बोलाएको हो।
प्रशिक्षणमा सहभागी हुने सबैको पीसीआर परिक्षण भइसकेको क्यानले जनाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन्।
नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ । लिग–२ अन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने,सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, गुलशन झा, कमलसिंह ऐरी, अविनाश बोहरा,शाहब आलम, रोहित कुमार, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ रहेका छन्।





























प्रतिक्रिया