काठमाडौं ।
हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परिक्षण गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । उनले भनेका छन् , हामीसँग सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।
सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसँग सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नु हुन अनुरोध गर्दछौं ।






























प्रतिक्रिया