ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले कोरोनाको कारणले गर्दा व्यापार व्यावसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको बताएका छन्।
शर्माले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक गर्दै जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने बताउँदै विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको धारणा राखेका छन्।
विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि हुने गरेको र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको शर्माको जिकिर छ। उनले भने, ‘७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने पर्यटकलाई क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन ।’
त्यस्तै शर्माले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेकाले निर्वाध रूपमा खोल्न दिइनुपर्ने बताएका छन्।





























प्रतिक्रिया