शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेरे गल्ती गरेको बाम विश्लेषक श्याम श्रेष्ठले बताएका छन्। सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग खारेज गरेको छ।
सरकारले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउँदा हुन्थ्यो भन्दै आयोगका सबै संरचनासहित आयोग नै खारेज गर्नु गलत भएको श्रेष्ठले बताएका छन्। श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट सरकार मुक्त हुन आवश्यक रहेको बताए।
श्रेष्ठले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भनेका छन्, ‘यो भूमिहीन, गरिब सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो। राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनुपर्छ। जनविरोधी देशघाती कुरामात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्ट्याए भयो रानी पोखरी पनि भताभुंग पारे भयो।’































प्रतिक्रिया