बाढीका कारण १८ परिवार विस्थापित

बाढीका कारण १८ परिवार विस्थापित

केन्द्रबिन्दु
0
Shares

यही साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । 

यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको  थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए । 

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए ।

विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर आज नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्‍याइएको जानकारी दिए । 

Logo