करिब २ किलो सुनसहित ३ भारतीय पक्राउ

करिब २ किलो सुनसहित ३ भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंकाे सिनामंगलबाट एक किलो ८६६ ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षीय अब्दुल सतार छन् ।

काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट सिल्भर रंगले पोलिस गरेको सुनसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

गेस्ट हाउसको २०२ नम्बरको कोठामा बसेका भारतीय युवाहरु विदेशबाट भरियामार्फत आएको सुन संकलन गर्ने समूहका सदस्य भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

विदेशबाट सुन कारोबारीले वैदेशिक रोजगारीबाट नेपाल फर्कनेहरूको साथमा पठाएको सिल्भर रंगले पोलिस गरेको सुन उनीहरूले संकलन गरेका थिए । 

Logo