बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइको मृत्यु

बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन्।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुबैजनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।  

उनले भने, ‘जंगली बदेल मार्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ,उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ।’

करेन्ट लाग्ने बित्तिकै दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतक दुवैजना सहोदर भाइ हुन्। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ।

जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकोले  किसानहरुलाई मकैबाली जोगाउन धौधौ परेको छ। 

Logo