नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

केन्द्रबिन्दु
0
Shares

आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बुधबारका लागि डाकिएको बैठक व्यस्तताका कारण भन्दै बिहीबारका लागि सारिएको हो । 

आफ्नो पक्षका नयाँ रणनीति बनाउनका लागि नेपाल पक्षले केन्द्रीय समिति बैठक डाकेको हो । एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए। 

नेपाल पक्षको आजको बैठकबारे एमालेको ओली समूहले भने आपत्ति जनाएको छ । एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले बुधबार नै एक वक्तव्य जारी गरी पार्टीको नाममा साउन २१ गतेका लागि कुनै बैठक नडाकिएको बताएका छन् । 

 

Logo