अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने तयारी

अगस्टको अन्त्यसम्म माल्दीभ्सका ९० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने तयारी

केन्द्रबिन्दु
0
Shares

माल्दीभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरेका हुन्। 

राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए।

राष्ट्रपति कार्यालयद्वारा जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ। 

जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन्।  

माल्दीभ्समा कोरोना भाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन। 

यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन्। अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन्। 

देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रा खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन्। 

Skip This
Skip This
Logo