संग्रहालयका लागि भत्काइयो महाकविको घर, देवकोटा पुत्र भावुक

संग्रहालयका लागि भत्काइयो महाकविको घर, देवकोटा पुत्र भावुक

केन्द्रबिन्दु
0
Shares

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । 

देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत संग्रहालय बनाउन लागेको हो । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।

यसैबीच, महाकवि देवकोटा पुत्र प्राडा पद्म देवकोटा आफू जन्मेको घर भत्किदै गरेको दृश्यले भावुक भएका छन् । उनले भत्काइरहेको घरको तस्विर शेयर गर्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।’ महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । 
 

Skip This
Skip This
Logo