प्रचण्डको निवेदन सर्वोच्चद्वारा खारेज, एमाले रोजेका पूर्वमाओवादी जनप्रतिनिधिको पद कायमै

प्रचण्डको निवेदन सर्वोच्चद्वारा खारेज, एमाले रोजेका पूर्वमाओवादी जनप्रतिनिधिको पद कायमै

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदन खारेज गरेको छ। 

एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिको पदबहाली गर्ने कदमविरूद्ध अदालत गएका प्रचण्डको पुनरावलोकन निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो। 

प्रचण्डले साउन ७ र २० गते दायर गरेको निवेदनमा अन्तरिम आदेशमार्फत् एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिहरूलाई पुनर्बहाली गर्ने निर्णयलाई रद्द गर्न माग गरेका थिए। 

२३ फागुनमा सर्वोच्च अदालतकै फैसलापछि तत्कालीन नेकपा विघटन भएपछि पूर्वमाओवादीका १४ जना स्थानीय तहका जनप्रतिनिधि एमालेमा गएका थिए।

दल त्याग गरेको आरोपमा उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कारबाही गरेर पदच्युत गरेका थिए। तर, उनीहरू पुनर्बहाली भएका छन्।

ती १४ जना जनप्रतिनिधिहरूमा पदमुक्त भएका संघीय सांसद प्रभू साहकी श्रीमती तथा रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाह, देहायी गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीलगायत छन्।

Logo