‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ’: विश्वप्रकाश शर्मा

‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ’: विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने बेला आएको तर्फ सबैको ध्यानाकर्षण गराएका छन्। 

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यो बेला प्रधानमन्त्रीको काम गर्ने बेला भएको र यसमा सबैले साथ र सहयोग गर्नु जरुरी भएको बताए। 

'पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ' शर्माले भनेका छन्, 'उहाँलाई सही सल्लाह र साथ दिने बेला हो यो।'

प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् 'भिडियो', नत्र पार्टीले बनाउला ।

पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। 'प्रधानमन्त्रीको सचिवालय'को ध्यानाकर्षण गराएको छु । जय नेपाल ।

Logo