सुरु भयो फ्रान्सेली लिग वान, रंगशालामा दर्शकलाई पनि अनुमति

सुरु भयो फ्रान्सेली लिग वान, रंगशालामा दर्शकलाई पनि अनुमति

केन्द्रबिन्दु
0
Shares

फ्रान्सेली लिग वान आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा दर्शकलाई समेत अनुमति दिइएको छ । योसँगै अब दर्शकहरुले रंगशालामा आएर प्रत्यक्ष खेल हेर्न पाउने भएका छन् । यही दर्शक नहुँदा फ्रान्सेली क्लब आर्थिक संकटमा थिए ।

पछिल्लो समय फ्रान्सेली लिग फुटबल कमजोर हुनु पछाडि कोरोना भाइसर संक्रमण महामारीको प्रभाव र त्यसले उत्पन्न गराएको गम्भीर आर्थिक संकट नै रहेको छ । लिलेले गत सिजन उपाधि जित्दा उसको घरेलु मैदान लगभग दर्शकविहीन थियो । खासमा पूरा लिग वान दर्शक विना चलेको थियो ।

तर यसपल्ट रंगशाला समर्थकले भरिएका छन् र तिनलाई मास्क लगाउन अनिवार्य पनि छैन । फेरि यो उद्घाटन खेलबाट नै लागू हुनेछ । तर ती समर्थकलाई रंगशाला प्रवेश गर्न सजिलो भने पक्कै हुने छैन, यसका लागि उनीहरूले पूरा भ्याक्सिन लगाएको अथवा नेगेटिभ नतिजा आएको कोरोना भाइरस परीक्षणको प्रमाण अथवा आफू कोभिड १९ बाट निको भइसकेको प्रमाण पेश गर्नुपर्नेछ ।

शुक्रबार हुने उद्घाटन खेलमा पूर्व विजेता मोनाकोले नेन्ट्सको सामना गर्नेछ । युरोपका अन्य प्रमुख लिगको तुलनामा लिग वान एक साता अगाडि सुरु हुन लागेको हो । फ्रान्सेली लिग वान आफै भने इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका लिगसँग विश्वब्यापी लोकप्रियताका लागि निकै संघर्षरत छ ।

Logo