नेकपा एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले आत्मसम्मानसहितको समान हैसियत संस्थापन पक्षले माधव नेपाललाई नदिने हो भने पार्टीमा एकता नहुन पनि सक्ने बताएका छन्।
क्वालिटी बैंक्वेटमा जारी नेता नेपाल पक्षको बैंठकमा सहभागी नेता खतिवडाले नेपाल पक्ष पार्टी एकताको लागि हदसम्म लचकता अपनाइरहेको तर, अध्यक्ष ओली र उनको समूह नै पार्टी एकता नहोस् भन्ने चाहना राखेको पनि आरोप लगाए।
आज दोस्रो दिनको बैठक पनि पार्टी एकता हुन के के लचकता अपनाउन सकिन्छ भन्नेमै केन्द्रीत रहने नेता खतिवडाले केन्द्रबिन्दुलाई बताए।
उनले अबको केही दिनमा पार्टी एकता वा सरकारमा सहभागी भन्ने टुंगो लाग्ने तर, हिजो र आजको बैठकमा सरकारमा सहभागी रहने विषयमा छलफल नहुने पनि जानकारी दिए।
'आजको बैठक मूलभूतरूपमा पार्टी एकताका विषयमा रहेर केन्द्रीत रहन्छ, सरकारमा सहभागीता बारे आज हामी छलफल गर्दैनौं।' उनले भने ।
बैठक आज दोस्रो दिन पनि जारी छ। १२ बजेबाट सुरू भएको बैठकमा अहिलेसम्म करिब ६० जना केन्द्रीय सदस्यहरूको सहभागीता रहेको छ।































प्रतिक्रिया