भूमि आयोग विघटन गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर

भूमि आयोग विघटन गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर

केन्द्रबिन्दु
0
Shares

अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

रिटमार्फत केसीले विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।

आयोगको विघटन गैरसंवैधानिक भएको उनको जिकिर छ। रिटको सुनुवाइका लागि साउन २५ मा पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोगलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले खारेज गरेको थियो।

Logo