निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेस शीर्ष नेताहरुमै आशंका (भिडियोसहित)

निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेस शीर्ष नेताहरुमै आशंका (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमा हुनेमा शंका व्यक्त गरेका छन्। क्रियाशील सदस्यता विवाद निरुपण नभएको र पार्टी समायोजनको विषय पनि नसुल्झिएको भन्दै तीनै जनाले भदौमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। तथापि संस्थापन पक्षले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन्। भदौ २३ भित्र कांग्रेसले महाधिवेशन नसके कांग्रेस पार्टीको बैधानिक हैसियत गुम्दैछ।

सात सदस्यीय सत्तारुढ गठबन्धनको कार्यदलले संयुक्त सरकारले गर्नुपर्ने भन्दै ११ वटा न्युनतम साझा कार्यक्रम तय गरेको छ। आगामी चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउनेदेखि भूमिहिनलाई जग्गा उपलब्ध गराउनेसम्मको कार्यक्रम कार्यदलले तय गरेको हो। तयार पारिएका कार्यक्रमहरू कडाइका साथ सरकारले कार्यान्वयन गर्ने विश्वास कार्यदलले लिएको छ।

पूर्वअर्थमन्त्रीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीहरु डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गरेका हुन्। उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुन नसक्दा धनी र गरिबबीच खाडल बढ्दै गएको चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

चीनले यसै वर्षभित्र कम्तीमा दुई अर्ब डोज कोरोनाविरुद्धको खोप विपन्न मुलुकहरूमा सहयोग गर्ने भएको छ। राष्ट्रपति सि जिनपिङले विपदमा परेका देशहरूलाई सहयोगार्थ उक्त परिमाण खोप सहयोग गर्ने बताएका हुन्। कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले उक्त सहयोग बारे सन्देश पठाउदै सहयोगको धोषणा गरेका हुन्।

विश्वचर्चित फूटबलर स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएको छ। बार्सिलोनाले उनको सम्झौता नवीकरण नगरेपछि उनी बार्सिलोनाबाट बाहिरिएका हुन्। अब मेस्सीले कुन क्लबबाट खेल खेल्छन् निकै चासोका साथ हेरिएको छ। मेस्सी सन् २००४ वाट बार्सिलोनासँग अनुबन्ध भएका थिए।

Logo