सबै तहका परीक्षाहरु स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको छ ।
कोभिड-१९ संक्रमण फैलदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै मन्त्रालयले परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सबै तहका परीक्षाहरु स्थगित गर्न सिफारिस गरिएकाे जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु ।’





























प्रतिक्रिया