एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने सरकारको लक्ष्य

एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने सरकारको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा इन्टरनेट ग्राहकको घनत्व ९०.५६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ९४ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो। 

एक वर्षमै ५० प्रतिशत इन्टरनेट प्रयोगकर्तामा फोरजी विस्तार गर्ने र मुख्य शहर तथा ३७७ शहर र शहरोन्मुख पालिकामा एफटिटिएच इन्टरनेट विस्तार गर्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।

यस किसिमको उच्च ‘इन्टरनेट पेनिट्रेसन’का लागि मन्त्रालयले चालु आर्थिक वर्षमा १९ हजार १७० किलोमिटर ‘अप्टिकल फाइबर’ विस्तार गर्ने भएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा ७२ प्रतिशत जनसंख्यामा मोबाइल ब्रोडब्याण्ड विस्तार गर्ने पनि लक्ष्य लिएको छ। 

सरकारले ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा कार्यालय, ४ हजार ५०४ स्वास्थ्य केन्द्र र ५ हजार ८०१ सामुदायिक माध्यामिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्याउने पनि बताएको छ।

Skip This
Skip This
Logo