२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छ। विभिन्न वेबसाइट, एसएमएस र इन्टरएक्टिभ भोइस रेस्पोन्स (आइभिआर) मार्फत नतिजा हेर्न सकिनेछ।
नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । इजी सर्भिस प्रालिले ३४९४९ नम्बरमा परीक्षाको सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ।
भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np र नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत् पनि नतिजा हेर्न सकिनेछ।
कोभिड–१९ का कारण नियमित एसइई हुन नसकेको अवस्थामा विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो।





























प्रतिक्रिया