ओलीलाई जस्तो वर्तमान सरकारलाई मनलाग्दी गर्ने छुट छैनः सांसद तामाङ

ओलीलाई जस्तो वर्तमान सरकारलाई मनलाग्दी गर्ने छुट छैनः सांसद तामाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका संघीय सांसद हितबहादुर तामाङले पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकको बजेटदेखि राजनैतिक र संवैधानिक नियुक्ती झापा केन्द्रित गरेको भन्दै वर्तमान सरकारलाई त्यस्तो छुट नभएको बताएका छन्।

बजेटको समान वितरणसँगै समावेशिताको आधारमा संवैधानिक र राजनीतिक नियुक्ती गठबन्धन सरकारले गर्नुपर्ने उनले बताए।

'केपी ओलीले लुट्न लाइसेन्स प्राप्त गरे जसरी बजेट लुटेर उनको निर्वाचन क्षेत्र झापा लगेर खन्याए', पेरिसडाँडामा शनिबार आयोजित भेटघाट तथा प्रशिक्षणमा बोल्दै उनले भने, 'संवैधानिक र राजनीतिक नियुक्ति पनि उनकै ठाउँमा भयो, वर्तमान सरकारलाई त्यस्तो छुट छैन।'

उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ माओवादीका कारण नभइ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कारण भएको स्पष्ट पारे।

फरक प्रसङ्गमा उनले पार्टीको काभ्रेस्थित महाभारत गाउँपालिकाका नेता कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशनसमेत दिए।

Logo