कोरोना संक्रमित कमेडियन भरतमणिको अपिलः ‘उत्कृष्ट ६ मा पुर्याउन भोट गरिदिनुहोला’

कोरोना संक्रमित कमेडियन भरतमणिको अपिलः ‘उत्कृष्ट ६ मा पुर्याउन भोट गरिदिनुहोला’

केन्द्रबिन्दु
0
Shares

कमेडी च्याम्पियन सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै आएका कमेडियन भरतमणि पौडेल यतिबेला कोरोना संक्रमणका कारण ‘बेड रेष्ट’मा छन्। संक्रमणकै कारण पौडेलले प्रसारणमा आएको उत्कृष्ट ७ को श्रृंखलामा प्रस्तुति दिन सकेनन्।

ताप्लेजुङका कमेडियन पौडेल विषय वस्तुमाथिको गहन अध्ययन र विषयमाथिको सशक्त प्रस्तुतिका कारण चर्चामा छन्। तर बीचमै कोरोना संक्रमित हुँदा उनी दर्शकबाट टाडिन पुगेका छन्। यद्यपि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नयाँ श्रृंखलामा आफू आउने संकेत गर्दै भोटको अपिल गरेका छन्। 

उनले लेखेका छन्, ‘विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस महामारीले मलाई पनि अछुतो राखेन, जसका कारण टप ७ को श्रृंखलामा आउन सकिन। कार्यक्रमको फर्म्याट अनुसार तपाईंहरूको भोटको सहयोगको आवश्यकता परेको छ। त्यसैले मेरा अगाडिका प्रस्तुतिका आधारमा अत्याधिक भोट गरिदिनुहोला। मलाई ‘प्रभु पे’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर धेरै भन्दा धेरै भोट दिएर टप ६ मा सुरक्षित गरिदिनुहुनेछ भन्ने आशा राखेको छु। 

कमेडियन पौडेलले आफ्ना ‘फ्यान फलोवर्स’लाई संक्रमणबाट जोगिन र संक्रमितहरूलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

 

 

Logo