काठमाडाैंमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडाैंमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७प६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो।

आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

यता ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ। 

Skip This
Skip This
Logo