लेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

लेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

केन्द्रबिन्दु
0
Shares

इंग्लिस फुटबल प्रतियोगिता कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै लेस्टरले उपाधि उचाल्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएका थियो । पुरै खेलमा बल पोसेसन कम भए पनि लेस्टरले पाँच वटा प्रहार पोष्टमा गरेको थियो । 

खेलको अन्तिममा लेस्टरले पेनाल्टी पायो । जसमा लेस्टरका किलीचीले गोल गर्दै टिमलाई अन्तिम समयमा अग्रता दिलाए । त्यो नै जीतका लागि पर्याप्त बन्यो ।

लेस्टरले यो वर्षको एफ ए कपको पनि उपाधि उचालेको थियो भने बार्सिलोनाको पूर्वस्टार खेलाडी लियोनल मेस्सीलाई अनुबन्ध गर्न चाहिरहेको छ । 

Skip This
Skip This
Logo