राष्ट्रिय सभाकाे बैठक आज

राष्ट्रिय सभाकाे बैठक आज

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रियसभाकाे बैठक बस्दैछ । बैठक दिउँसाे १ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ काे नेपाल सरकारकाे वार्षिक प्रतिवेदन सभामा पेस गर्नेछन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने बताइएकाे छ ।

साथै प्रधानमन्त्रीको तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक २०७५  पेश गरिने कार्यसूची छ । 

Logo