एकै दिन १ हजार ५ सयले घट्यो सुनको मूल्य, कति छ आज?

एकै दिन १ हजार ५ सयले घट्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। सुन आज १ हजार ५ सयले घटेको हो।

गत हप्ता आइतबार ५ सयले घटेको थियो। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो भने मंगलबार स्थिर रहेको थियो।बुधबार सुन ३ सयले घटेको थियो। बिहीबार स्थिर थियो । शुक्रबार ५ सयले घटेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २४० मा कारोबार भइरहेको छ।

Logo