कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तय गरेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिररहेको छ।
बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
कार्यदलले शुक्रबार ११ बुँदे कार्यक्रमसहितको प्रतिवेदन गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूलाई बुझाएको थियो।
कार्यक्रममा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिनेदेखि कोभिड खोप आगामी चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबैलाई उपलब्ध गराउने, सीमा समस्या समाधान गर्ने लगायत कार्यक्रमहरू समावेश छन्।
कार्यक्रमलाई गठबन्धनले अन्तिम रूप दिएपछि मन्त्रिपरिषद् विस्तार पनि चाँडै गर्ने भएको छ।





























प्रतिक्रिया