‘द भ्वाइस अफ नेपाल’ सिजन-३ का फस्ट रनरअप ताराको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

‘द भ्वाइस अफ नेपाल’ सिजन-३ का फस्ट रनरअप ताराको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ। रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

भ्वाइस अफ नेपालमा ताराले आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल भएकी थिइन्। गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ। आमाका बारेमा लेखिएको यो गीतलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। 

गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। परदेशमा रहेका नारीहरूले स्वदेशमा रहेकी आमाको सम्झनामा भाव पोखिएको छ। विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो। गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

Skip This
Skip This
Logo