सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक (भिडियोसहित)

सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए। न्यूनतम साझा कार्यक्रमबाट केही विवादित विषय हटाइएको छ भने केही थपिएको छ। साझा कार्यक्रम सार्वजनिक  सँगै अब जसपासहितको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

काठमाडौं महानगरपालिकाले ५२ व्यक्ति र संस्थाले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको जनाएको छ। जसमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, व्यापारी अजय सुमार्गीसहित ५२ व्यक्ति र संस्था रहेका छन्। करदाताहरूले पटक पटकको सूचनालाई अटेर गरेर कर बुझाउनमा अटेर गरेको पनि जनाएको छ। यस्तै महानगरले आइतबार सूचना जारी भएको मितिले ३० दिनभित्र घरजग्गा तथा सम्पत्ति कर र जरिवाना नबुझाए सम्पत्तिसमेत रोक्का गर्ने चेतावनी दिएको छ। 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन्। विद्यार्थीहरुमा पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने बोर्ड अध्यक्षको भनाइ छ। यस्तै कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताएका छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको जर्सीले अब उनीसँगै रिटायर्ड हुने भएको छ। खड्काले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने क्यानले निर्णय गरेको हो। ३४ वर्षीय अलराउण्डर पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। 

जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट सम्पन्न भएको छ । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए। जसमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण पदक जित्दै अमेरिकाले पहिलो स्थान कब्जा गरेको छ। खेलकुदकै प्रसंगमा अर्जेन्टिनाका फुटबल स्टार लियोलन मेस्सीले बार्सिलोना क्लबबाट विदा लिएका छन् भने अब, फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आवद्ध हुने भएका छन्।

Skip This
Skip This
Logo