दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका–५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपन्ती हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।
चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पतालमा दैलेखमा उपचार भइरहेको छ । घाइते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएका थिए । घटनाबारे थाहा पाएपछि डाँडामाडी चौकीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पुर्याएका हुन् ।
श्रीमतीलाई घाइते बनाएर फरार भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।





























प्रतिक्रिया