नासा भन्छ, ‘सबैभन्दा शक्तिशाली चुम्बकबाट रहस्यमय रेडियो संकेत आइरहेको छ’

नासा भन्छ, ‘सबैभन्दा शक्तिशाली चुम्बकबाट रहस्यमय रेडियो संकेत आइरहेको छ’

केन्द्रबिन्दु
0
Shares

ब्रम्हाण्डका कैयौं यस्ता रहस्यहरु छन्, जसको किनारा विज्ञानले लगाउन सकेको छैन। हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई ब्रम्हाण्डको सबैभन्दा शक्तिशाली चुम्बकबाट आइरहेको रेडियो संकेत फेला पार्ने सफलता मिलेको छ। 

नासाका अनुसार पाँचवटा एकदमै टाढा रहेका आकाशगंगाबाट यी रेडियो तरंग आएको हो। यसलाई फास्ट रेडियो ब्रस्ट (एफआरबी) भनिन्छ। 

वैज्ञानिकका अनुसार सूर्यले पाँच वर्षमा दिने उर्जा बराबर एफआरबीको एक सेकेण्डको १/१००० भागमा उत्पन्न हुन्छ। विशेषज्ञका अनुसार उक्त चुम्बक साधारण चुम्बकको तुलनामा १० ट्रिलियन गुणा ज्यादा शक्तिशाली हुन्छ। 

खगोलविद्ले ५ एफआरबी जुन ग्यालेक्सीबाट आएको उक्त ग्यालेक्सी पत्ता लगाएका छन्। हबल टेलिस्कोपले यसको खोज गरेको छ। हबल टेलिस्कोपले उक्त रेडियो संकेत कुनै एउटा ग्यालेक्सीको स्पाइरल आर्म वा त्यसको नजिक रहेकाे जनाएकाे छ। 

पार्कस रेडियो अब्जर्भेटरीको रेकर्डका अनुसार सन् २००१ को २४ जुलाइमा पहिलो पटक एफआरबी पत्ता लागेको थियो। हालसम्म अन्तरिक्ष वैज्ञानिकले एक हजारभन्दा धेरै एफआरबी पत्ता लगाइसकेका छन्, तर केवल पन्ध्रवटा रेडियो तरंगको मात्र कुन ग्यालेक्सीसँग सम्बन्ध छ भनेर पत्ता लागेको छ। 

शोधका प्रमुख लेखिका तथा क्यालिफोर्निया विश्वविद्यालयको एलेक्सेन्द्रा म्याग्निसका अनुसार एफआरबीको हाईरेज्युलेशन तस्बिर प्राप्त भएको भने यो पहिलो पटक हो। 

उक्त ५ एफआरबी भने ग्यालेक्सी आर्मको सबैभन्दा चम्किलो भागबाट आएको होइन। उक्त रेडियो तरंग म्याग्नेटरबाट आएको मानिएको छ। म्याग्नेटर यस्तो घना तारा हो, जसको चुम्बकीय क्षेत्र एकदमै शक्तिशाली हुन्छ। ठूला ताराहरु जब न्यूट्रन तारा बन्न पुग्छन् तब म्याग्नेटाइज पनि हुने सम्भावना हुन्छ। 

म्याग्नेटर न्यूट्रन तारा जस्तै हुन्छन् जसलाई ब्रम्हाण्डको सबैभन्दा बलियो चुम्बक मानिन्छ। न्यूट्रन तारको जन्म त्यसबेला भएको थियो, जब हाम्रो सूर्य भन्दा विशाल ताराको उर्जा समाप्त भएर तारा स्वयंले आफूलाई सुपरनोभामा परिणत गर्छ। 

म्याग्नेटर केही विशेष यस कारणले हुन्छ कि म्याग्नेटर ताराको एकदमै शक्तिशाली म्याग्नेटिक फिल्ड हुने गर्छ। खगोलविद्का अनुसार उनीहरुले हाम्रो आकाशगंगामा एउटा न्यूट्रन तारा पत्ता लगाएका छन्।

Logo