प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले शून्य समयमा सांसदहरूले बोल्न दिएका छन्।
कांग्रेस सांसद लक्ष्मी परियारले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमाले अध्यक्ष केपी ओली सरकारले काम नगरी गफ गरेकाले काम गर्न शुभकामना दिइन्।
उनले अहिले ओली पक्षले रोइलो गरिरहेको बताइन्।
यस्तै, अर्का सांसद लालकाजी गुरुङले कोभिड रोकथाम र नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए।
एमाले सांसद विनाकुमारी श्रेष्ठले श्रमिकहरूलाई खोप दिन सरकारसँग माग गरेका छन्। उनले खोप खोप खोप भन्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले किन खोप श्रमिकलाई पुर्याएनन् भन्दै प्रश्न पनि गरे। तत्काल श्रमिकहरूलाई खोप लगाउने व्यवस्था गर्न माग गरे।
यस्तै, अर्की एमाले सांसद विन्दा पाण्डेले पनि खोप व्यवस्था तत्काल गर्न सरकारसँग माग गरे।
एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराईले सुनकोशी नदीस्थित घात्लाङघाटमा पुल छिटो निर्माण सम्पन्न गराउन माग गरे।
अन्य सांसदहरूले बोल्ने क्रम जारी छ।





























प्रतिक्रिया