कर नबुझाउने ४० जनाको जग्गा र बैंक खाता रोक्का

कर नबुझाउने ४० जनाको जग्गा र बैंक खाता रोक्का

केन्द्रबिन्दु
0
Shares

दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जनाए।

पाँच लाख रुपैंयासम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारवाही अघि बढाइएकोमा आर्थिक वर्ष २०७७\७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । 

साथै, कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । रासस

Logo