पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन दसैं आउँदा केटाकेटी आंगनमा नाचे जस्तो गरि असाध्यै हौसिएको बताएका छन्।
असमान्य ढंगले सत्ता परिवर्तन भएकै कारण त्यस्तो भएको दाबी गरे। लोकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा भएको उनको भनाइ छ। तर, ‘सरकार परिवर्तनको विषय लोकतन्त्रमा सामान्य कुरा नै हो। तर, असामान्य ढंगले सरकार परवर्तन भएकैले होला सत्तापक्षीय गठबन्धनका मित्रहरू असाध्यै हौसिनु भएको छ, दसैँ आउँदा केटाकेटी आंगनमा नाचे जस्तो नाच्दै ठिक्क भएको छ’, ओलीले प्रतिनिधिसभा बैठकमा भने।
उनले सरकार ‘धन्यवाद र बधाई’ मा रमाएको पनि बताए। ‘खुब चल्यो बधाइ र धन्यवाद, केही नगरेको भन्दा केही त गरेको छ, भूमि आयोग, सुकुम्बासी आयोग बन्द।’ ओलीले देउवा सरकार परमादेशबाट बनेको पनि बताए।





























प्रतिक्रिया