फेसबुक मेसेन्जरलाई उछिन्दै टिकटक सन् २०२० मा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। डिजिटल एनालाइटिक्स कम्पनी ‘एप एन्नी’ले त्यस्तो विवरण सार्वजनिक गरेको थियो।
चिनियाँ भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ एउटा मात्र यस्तो एप हो जुन सबैभन्दा बढी डाउनलोड हुने ५ एपको सूचीमा छ, तर फेसबुकको स्वामित्वमा छैन। बाँकी ४ एप फेसबुकका हुन्। फेसबुक मेसेन्जर, फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ‘फेसबुक इन्क’को स्वामित्वका ४ एप हुन्।
भारत र अमेरिकामा प्रतिबन्धित भएको भए पनि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा पहिलो भएको हो। अमेरिकामा डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध राष्ट्रपति जो बाइडेनले हटाइसकेका छन् भने भारतमा प्रतिबन्ध जारी छ।





























प्रतिक्रिया