संविधान त्रुटिपूर्ण छ, काँग्रेसले सच्याउनु पर्छः गच्छदार

संविधान त्रुटिपूर्ण छ, काँग्रेसले सच्याउनु पर्छः गच्छदार

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने विचार राखेका छन् । 

गच्छदारले आफ्नो पाँच दशकको राजनीतिक करिअर नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाए । बुधबार विश्व आदिवासी दिवसको अवसरमा कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे। 

‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धि मन्त्रालयको होइन र ?’ प्रतिप्रश्न गर्दै उपसभापति गच्छदारले भने, ‘राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो  । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली काँग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फँसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’  
 
काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए । पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनको आक्रोश थियो । पुरानै प्रतिनिधिबाट पार्टीको केन्द्रिय कार्य समिति चयन गरौैं भन्ने पौैडेल पक्षको प्रस्ताव आफैंमा बैधानिक नहुने उनको तर्क थियो ।

Logo