ठूला भ्रष्टाचार काण्डको छानविन गर्न कोमल वलीद्वारा सरकारसँग माग

ठूला भ्रष्टाचार काण्डको छानविन गर्न कोमल वलीद्वारा सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् । उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै बाइड बडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताइन्। 

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन्। कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अर्बौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन्। 

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक र आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन्।

Logo