कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकको निष्कर्षको आधारमा तय हुने

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकको निष्कर्षको आधारमा तय हुने

केन्द्रबिन्दु
0
Shares

कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समिति बैठकको निष्कर्षको आधारमा तय हुने भएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले जारी केन्द्रीय समिति बैठकले निकालेको निष्कर्षपछि तय गरिने बताए।

तर, उनले बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेरसम्बन्धी प्रस्ताव भने पेस गरेका छैनन्। बरू निर्वाचन निर्देशिका पेस गरेका छन्।

प्रस्ताव बैठकमा पेस नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूले प्रस्ताव पेस हुनुपर्ने माग गरेका थिए।

सांसद तथा नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्णले हिजो सभापति शेरबहादुर देउवालाई महाधिवेशन सुनिश्चितताको माग उल्लेखित ज्ञापनपत्र बुझाएका थिए। 

हाल पौडेल पक्षले २३ भदौ अगाडि महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको छ। तर, देउवा अर्थात् संस्थापन पक्षले मंसिरमा गर्नुपर्नेमा जोड दिँदै आएको छ।

महाधिवेशन समयमै गर्न नसकेकै कारण कांग्रेसको वैधानिकता संकटमा पर्न लागेको छ। कानुनविद्हरूले त कांग्रेसको वैधानिकता संकटमा परेको जिकिर गरिसकेका छन्।

Logo