भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन्।
शनिबार सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन्। जबकी अघिल्लो दिन ४० हजार १२० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो।
भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ।
त्यसैगरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६७३ पुगेको पनि अधिकारीले जनाएका छन्। यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो। अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो।
भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन्।
त्यसैगरी ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७३२ पुगेको छ।





























प्रतिक्रिया