स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ।
नेपालमा आज २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६७७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३० हजार ४७९ जना र एन्टीजेन परीक्षणबाट ७४ हजार ७११ जना पुगेको छ।
आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।
आज १३ हजार ५७३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ जनाको पिसिआर र ३ लाख ९१ हजार ९३५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया