संघीय संसद्का विभिन्न विषयगत समितिहरूकाे बैठक आज बस्दैछ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहान ११ बजे अर्थ र विज्ञान तथा प्रविधि समितिकाे बैठक बस्ने भएको छ।
बैठकमा पुँजी बजार र मुद्रा बजारबारे अध्ययन समितिले दिएकाे निर्देशनकाे कार्यान्वयन अवस्थाबारे छलफल हुने भएकाे छ।
साढे ११ बजे बस्ने प्रत्यायाेजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकाे बैठकमा सरकारी आश्वासनहरूकाे कार्यान्वयन अवस्थाबारे ऊर्जा मन्त्रालयका सचिवसँग छलफल हुनेछ।
दिउँसाे १ बजे बस्ने राष्ट्रिय सराेकार तथा समन्वय समितिकाे बैठकमा राष्ट्रिय मानव अधिकार आयाेगसँग त्यहाँबाट भए गरेका कामकारबाही र आयाेगका आगामी कार्ययाेजनाबारे छलफल हुने भएकाे छ।































प्रतिक्रिया