दिल्लीका बालगृहमा रहेका ४५ प्रतिशत बालबालिकाको शैक्षिक अवस्था कमजोर : सर्भेक्षण

दिल्लीका बालगृहमा रहेका ४५ प्रतिशत बालबालिकाको शैक्षिक अवस्था कमजोर : सर्भेक्षण

केन्द्रबिन्दु
0
Shares

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ ।

दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ । उनीहरूमध्ये २५% बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

डीसीपिसीआरले जुलाईमा दिल्लीको दक्षिण र दक्षिणपश्चिम जिल्लाका ३० वटा बालआश्रमहरूमा सर्वेक्षण गरेको थियो । सर्भेक्षणमा ६–१८ वर्षका ४०० बालबालिकालाई समावेश गरिएको थियो । सर्वेक्षण गरिएकाहरूमध्ये अधिकांश १२–१८ वर्षका थिए ।

दिल्लीभरि लगभग १०० वटा बाल स्याहार गृहहरू छन् । सरकारले अनाथ तथा आश्रयविहीन बालबालिकाको हेरचाह गर्नुका साथै उनीहरूको जीवन र शिक्षाको प्रबन्ध मिलाइदिन्छ । 

सर्भेक्षण रिपोर्टले दिल्लीका यी बाल स्याहार गृहमा रहेका १८ प्रतिशत बालबालिकाले हिन्दी वर्णमाला लाई चिन्न नसकेको र ३७.५ प्रतिशतले हिन्दी कथाहरू राम्ररी पढ्न नसकेको देखाएको छ । गणितको ज्ञानको सन्दर्भमा यी बालबालिकाको स्तर झनै चिन्ताजनक रहेको अध्ययनले देखाएको छ ।

यहाँका ५५ प्रतिशत बालबालिकाले मात्र दुई अङ्क पढ्न वा पहिचान गर्न सक्छन् । तथापि, दिल्लीभरिका सबै बाल–स्याहार गृहको अवस्था भने यस्तो नभएको अध्ययनमा उल्लेख गरिएके छ । 

एएनआईसँग कुरा गर्दै डिसीपिसीआर अध्यक्ष अनुराग कुन्डुले चाइल्ड केयर होमका बालबालिकाको अवस्थाबारे भने, “हामी निरन्तर रूपमा यी बालबालिकाको शिक्षा स्तर उकास्ने काम गरिरहेका छौं । 

हामीले बालगृहहरूको वर्तमान स्थिति र शिक्षाको स्तरबारे थाहा पाउन र सुधारका काम गर्न सकियोस् भनेर यो सर्वेक्षण गरिएको हो ।” समस्या भएका बालगृहको शैक्षिक वातावरणलाई सुधार गर्दै अघि बढ्न बालगृह प्रशासन, शिक्षक तथा सरकारी अधिकारीबीच समन्वय हुनु आवश्यक देखिएको उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo