दरबारमार्गमा एन्फा सोरुम सञ्चालनमा

दरबारमार्गमा एन्फा सोरुम सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले दरबारमार्गमा एन्फा सोरुम सञ्चालनमा ल्याएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामग्रीको आधिकारिक प्रायोजन गर्ने सम्झौता गरेको थियो । सम्झौतापछि केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो ।

उद्घाटनपछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । 

केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्ससँगै सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङदी  क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ । 

 

Logo