मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको ध्यानाकर्षण

मुख्यमन्त्रीलाई पूर्वमुख्यमन्त्रीको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । 

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र  प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र  रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए । रासस

Logo