काठमाडौं उपत्यकामा आज ७३० जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ७३० जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ७३० जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ।

नेपालमा आज २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४१९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३२ हजार २७२ जना र एन्टीजेन परीक्षणबाट ७५ हजार १३० जना पुगेको छ। 

आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ।

आज १२ हजार १०६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ५७ हजार ५७२ जनाको पिसिआर र ३ लाख ९५ हजार ८५३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo