तीनपातेको सफलतापछि आर्टमाण्डूको प्रस्तुतिमा ‘बाफ’ सार्वजनिक (भिडियाेसहित)

तीनपातेको सफलतापछि आर्टमाण्डूको प्रस्तुतिमा ‘बाफ’ सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

तिनपाते अनि के माया लाग्छ र ? जस्ता बहुचर्चित गीत र म्यूजिक भिडियो बनाएर करोडौं नेपाली दर्शक, श्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले "बाफ" बोलको म्युजिकल फिल्म रिलिज गरेको छ। 

कथात्मक शैलीमा भिडियो बनाएर अलग्गै पहिचान र स्वाद पस्कन खप्पिस आर्टमाण्डु स्टुडियोले यस बाफ गीतमा पनि तिनपातेकै गायक तथा संगीतकार सुजन चापागाईं र गायिका विद्या तिवारीको आवाज साभार गरेको छ। नेपाली गाँउ, परिवेश र अर्गानिक नेपाली कथाहरुलाई समावेश गरेर बनाइएका के माया लाग्छ र अनि तिनपातेका भिडियोहरु नै यूट्यूबमा लगभग ४ करोड हाराहारीमा हेरिएको छ। मूलधारको सञ्चार माध्यमहरु भन्दा फरक तर जनजिब्रोमा बस्न र टपक्क टिप्न सहज सांगितिक कोसेलीहरु मध्ये  बाफसँगको दर्शकको अपेक्षा निकै रहेको पाइएको छ। 

नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडियो नेपाल भारत सीमासँग देशप्रेम अनि सामाजिक संरचनालाई गजबले उजागर गरेको निर्देशक नविन चौहानको भनाइ छ। प्रस्तुत म्युजिकल फिल्म 'बाफ ' मा गायनमा  स्थापित भएका गायक प्रताप दासको मुख्य भूमिका रहेको छ। यस्तै शिल्पा थापा, नयन नेपाल, सम्रांत  थापा, हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको  अभिनय छ।  यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ। 

तीनपाते, साईली, दुबो फुल्यो जस्ता अनेकौं लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस  गीतको संयोजन  तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्। गीतको मिस्किङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्। भिडियाेः

 

Skip This
Skip This
Logo