साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबारराति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले पराजित गरेकाे हाे ।
घरेलु मैदान टोटेनहम हट्सपर स्टेडियममा टोलीका लागि ह्युङ मिन सनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा सिटीले बलियो प्रदर्शन गरेपनि टोटेनहमको अनुशासित डिफेन्सलाई चिर्न सकेन । दोस्रो हाफमा टोटेनहमले काउन्टर अट्याकको फाइदा उठाउँदै अग्रता लिएपछि खेलमा पकड जमाएको थियो ।
आइतबार नै भएको अन्य खेलमा वेस्ट ह्यामले न्युक्यासललाई ४–२ गोलले हराउन सफल रह्यो । पहिलो चरणको खेलपछि म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा छ































प्रतिक्रिया